काठमाडौँ, भदौ १६ । भोटेकोशी बाढीमा परेर बेपत्ता भएकामध्ये १७ जनाका शव भारतको उत्तर प्रदेशस्थित गण्डक नदीमा फेला परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कुशीनगर जिल्लाको खड्डा र तमकुहीराज तहसील क्षेत्रमा १३ तथा महाराजगन्ज जिल्लाको निचलौल तहसील क्षेत्रमा चारवटा शव फेला परेका हुन्।
महाराजगन्जमा फेला परेका चारवटै शव सोमबार नेपाली प्रशासनलाई बुझाइएको जनाइएको छ।
पहिचान हुन नसकेका शवलाई भारतीय प्रशासनले नियमानुसार ७२ घण्टासम्म मोर्चरीमा राखेको थियो। पोस्टमार्टमका क्रममा भविष्यमा पहिचान गर्न सहज होस् भनेर शवबाट डीएनए नमुनासमेत संकलन गरिएको बताइएको छ।
भोटेकोशीमा आएको भीषण बाढीपछि बगेका शवहरू नेपालका विभिन्न नदी हुँदै भारतसम्म पुगेको देखिएको छ। यसअघि पनि भारतको सीमावर्ती क्षेत्रमा बाढीमा बेपत्ता भएका नेपालीका शव भेटिँदै आएका छन्।














प्रतिक्रिया दिनुहोस्