काठमाडौं, भदौ १७ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।
सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रस्तावमा भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिनेछ ।
बाढीमा स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता हुनुका साथै ठूलो सङ्ख्यामा मानवीय क्षति भएको उल्लेख गर्दै प्रस्तावमा घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिनेछ ।














प्रतिक्रिया दिनुहोस्