जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १०:४७

‘ग्रीनआर्मी’का गतिविधि तत्काल नियन्त्रण गरी प्रभावितस्थलबाट फिर्ता गरियोस् : एमाले वाग्मती अध्यक्ष कैलाश ढुंगेल


काठमाडौं, भदौ १७ । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष एवं वाग्मती प्रदेशका पूर्वमन्त्री कैलाशप्रसाद ढुंगेलले ‘ग्रीनआर्मी’ नामबाट भइरहेका गतिविधि तत्काल नियन्त्रण गरी बाढी प्रभावितस्थलबाट फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

ढुंगेलले गत वर्ष भदौमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संवेदनशील सरकारी संरचना, व्यापारिक प्रतिष्ठान तथा निजी घरमा आगजनी गर्न ‘टीओबीका दलाल’हरू सक्रिय रहेको दाबी गर्दै फेरी त्यस्ता गतिविधि हुनसक्ने तर्फ सचेत गराउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “गत साल भदौमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत व्यापारिक प्रतिष्ठान तथा व्यक्तिका निजी घरहरूमा आगो लगाउन टीओबीका दलालहरू सक्रिय थिए, आज ग्रीनआर्मी नामका संदिग्ध गतिविधि, ड्रेस प्रदर्शन, उद्धार र राहतको समयपछिका चटकहरू अविलम्ब नियन्त्रण गर्न र प्रभावितस्थलबाट फिर्ता गर्न ध्यानाकर्षण गर्दछौं ।” 

उहाँले प्रभावित क्षेत्रमा विभिन्न समूहका गतिविधि जारी रहनु उचित नभएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो।