विराटनगर, भदौ १७ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण इटहरीका एक अधिकृत पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणको इटहरीस्थित मिटर शाखामा कार्यरत सातौँ तहका अधिकृत कृष्ण यादवलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घुस प्रकरणबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्