काठमाडौं, भदौ १८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक बस्ने तय भएको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवामा आएको बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनालगायत विषयमा विस्तृत छलफल हुने छ।
बैठकमा रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा पनि छलफल हुने र त्यस सम्बन्धमा पार्टीले ठोस निर्णय गर्ने बताइएको छ।
प्रवक्ता खरेलका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी रणनीति र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा समेत सचिवालय बैठकमा आवश्यक निर्णय लिइनेछ।














प्रतिक्रिया दिनुहोस्