जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०८:०३

भोटेकोशी बाढीपीडितलाई एभरेष्ट बैंक र कर्मचारीबाट ३ करोड ११ लाख सहयोग


काठमाडौं, भदौ १८ । एभरेष्ट बैंक लिमिटेड र बैंकका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीका तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा सहयोग गरेको हो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक तथा भौतिक सहयोग गरिएको बैंकले जनाएको छ।

सो बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ।