काठमाडौं, भदौ १८ । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानमा भएको ठूलो क्षतिप्रति मुदिुःख व्यक्त गर्दै बैंकले सो सहयोग प्रदान गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मुक्तिनाथ विकास बैंकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।
यस विपत्तिको घडिमा जीवन गुमाएका सम्पूर्णमा बैंकले श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरेको बताएको छ।
देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो ।
विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।














प्रतिक्रिया दिनुहोस्