जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:०६

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, ४ हजार ७९८ जना अझै बेपत्ता


काठमाडौं, भदौ १९ । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ। प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ।

यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको तथा अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ। पहिचान तथा आफन्तसँगको सम्बन्ध यकिन गर्न डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

बाढीमा परी स्वदेशी तथा विदेशी गरी ४ हजार ७९८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।