जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:१३

बाढी गएकाे १० दिनपछि त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवितै उद्धार


काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको जानकारी प्राप्त भएको छ। उद्धार गरिएका साहसँगै सुरुङभित्र अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको जनाइएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङबाट एक जनाको जीवित उद्धार भएपछि अन्यलाई समेत सकुशल बाहिर निकाल्ने आशा बढेको छ।