काठमाडौं, भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि आज राहत सामग्री हस्तान्तरण गर्नुहुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले शुक्रबार बिहान ११ बजे रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको छ।
राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओलीसहित एमालेका नेताहरू नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवासहित नुवाकोटका विभिन्न क्षेत्र प्रभावित भएका छन्। पछिल्लो समय प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणलाई तीव्रता दिइएको छ।














प्रतिक्रिया दिनुहोस्