जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०९:३३

त्रिशूली–३ ‘ए’बाट अर्का एकको पनि जीवितै उद्धार


काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका अर्का एक जनाको पनि १० दिनपछि जीवितै उद्धार गरिएको छ।

उद्धार टोलीले कविर महर्जनलाई सुरुङभित्रबाट जीवितै बाहिर निकालेको हो। यसअघि सुरुङबाट सञ्जय साहको पनि जीवितै उद्धार गरिएको थियो।

सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको थियो। त्यसक्रममा साहको जीवित उद्धार गरिएको थियो।

साहपछि महर्जनको समेत जीवितै उद्धार भएपछि सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशा बढेको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका सबैलाई सकुशल बाहिर निकाल्न प्रयास गरिरहेको छ।