जनता टाइम्स

१० पुष २०७६, बिहीबार १७:४०

नेपाल नर्सिङ संघमा नेकपासम्बद्ध उम्मेद्वारको प्यानल नै बिजयी, कांग्रेस बढारियो


काठमाडौं, पुष १०

नेपाल नर्सिङ संघको नेतृत्वमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध नर्सहरुको प्यानल नै विजयी भएको छ । बिहीबार सार्वजनिक चुनाव परिणाम अनुसार अध्यक्षमा नेकपा समर्थित प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित हुनुभयो ।

राईले ३ हजार २७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत प्राप्त गर्नुभयो । अध्यक्षसहित सबै पदमा नेकपा समर्थित उम्मेदवारले क्लिन स्विप गरेका हुन् । नर्सिङ संघका वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, सन्जुकमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी निर्वाचित हुनुभयो ।