दार्चुला, १९ भदौ। दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं. १ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ। माथिबाट पहिरो आउने क्रम अझै जारी रहेकाले नदी पूरै थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
सम्भावित खतराबाट जोगिन तथा धनजनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा सम्बद्ध निकायहरूलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सार्वजनिक सूचना अनुसार बाढी र विपद् सम्बन्धी कुनै पनि घटना घटेमा वा उद्धारको आवश्यकता परेमा तत्काल सम्पर्क गर्न विभिन्न हटलाइन तथा टेलिफोन नम्बरहरू सार्वजनिक गरिएको छ।
आपत्कालीन सम्पर्क नम्बरहरू:
- वर्षा र बाढीको जानकारीका लागि: ११५५
- विपद्मा मद्दत माग्न (DEOC): १२३४
- नेपाल प्रहरी: १००
- सशस्त्र प्रहरी बल: १११४
- प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.): ९८५७२७७७७७
- सहायक प्रमुख जिल्ला अधिकारी (स.प्र.जि.अ.): ९८५७२४६६६६
- जिल्ला प्रहरी कार्यालय (का.प्र.): ९८५१२९४९११
- सशस्त्र प्रहरी बल (४४ गण, का.प्र.): ९८६०३४११७६
प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन र आपत्कालीन अवस्थामा उल्लिखित नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्