काठमाडौं, भदौ १८ । संघीय राजधानी काठमाडौंको पर्यटकीय नगरी ठमेलमा एक युवतीमाथि बाटोमै यौन दूब्र्यवहार भएको भिडियो भाइरल बनेको छ ।
स्कर्ट लगाएर बाटोमा हिँडिरहेको बेला एक अपरिचित युवकले युवकले एक्कासी स्कर्टको भित्रै हात पुर्याएर ‘ब्याड टच’ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पीडित युवतीले सिसीटीभिीबाट फुटेर लिएर भिडियो सहित आफ्नो परिचय खोल्दै घटना सार्वजनिक गरेकी छन । उनले सो आपत्तिजनक हर्कत गर्ने युवकमाथि कडा कारवाहीको माग गरेकी छन् ।
आफ्नो नाम निशा बताउने युवतीले भिडियो जारी गर्दै ठकेल यौन दूब्र्यवहारको घटनाबारे सविस्तार बताएकी छन । आफू बाटोमा हिँडिरहँदा विपरित दिशाबाट आएको व्यक्तिले अचानक तिघ्रामा छोएको युवतीको भनाइ छ । उनले सार्वजनिक गरेको भिडियोमा बिपरित दिशाबाट आइरहेका लामो कपाल पालेका युवकले आफ्नै धुनमा हिँडिरहेकी युवतीलाई नियतबस नै गोप्य अंगमा टच गरेको देखिन्छ ।
आफ्नो गोप्य अंगमा टच भएपछि झस्किएकी ती युवतीले तत्कालै फर्केर प्रतिवाद गरेको पनि देखिन्छ । युवतीले सीसीटीभी फुटेज राखेर घटनाबारे भनेकी छन, ‘यस्तो आपत्तिजनक हर्कत गर्नेमाथि नेपाल प्रहरीले तत्काल कार्वाही गरोस ।’
युवतीको भनाई जस्ताको तस्तै
म घर जाँदै थिएँ, यो मान्छेले एक्चुअली मलाई छोयो । यसले मेरो यहाँ थाइमा यसरी छोएर गयो । अनि मैले कन्फ्रन्ट गरेँ । उसले मैले छोको होइन, म त हात यस्तो यस्तो गर्दै आउँदै थिएँ, त्यही भएर हो भन्यो ।
वरिपरि अरू मान्छेहरूले पनि अलिअलि हेर्दै हुनुहुन्थ्यो । भन्दै पनि हुनुहुन्थ्यो ‘किन यस्तो गरिस्’ भनेर ? तर ऊ एक्चुअली एकदमै डिनाइ (अस्वीकार) गरिरहेको थियो । थ्याङ्क गड ! यहाँ क्यामेरा पनि थियो । ‘क्यामेरामा देखाऊँ ?’ भन्दा उसले त अझै ‘तँ पनि इन्ट्रेस्टेड थिइस, तैँले मसँग आँखा जुधाइस’ भन्यो ।
तर यो भिडियोमा हेर्ने हो भने मैले त्यो मान्छेलाई हेरेको पनि छैन । उसले त्यत्तिकै मलाई टच मात्र गरेको हो । यो भिडियो मैले होटलबाट पाएको हो । यो ठमेलको बाटो हो । यदि कसैले पनि यो मान्छेलाई चिन्नुहुन्छ भने प्लिज मलाई जानकारी दिनुहोला । म साँच्चै आशा गर्छु नेपाल प्रहरीले केही कदम चाल्नेछ ।
वरिपरि अरू मान्छेहरूले पनि अलिअलि हेर्दै हुनुहुन्थ्यो । भन्दै पनि हुनुहुन्थ्यो ‘किन यस्तो गरिस्’ भनेर ? तर ऊ एक्चुअली एकदमै डिनाइ (अस्वीकार) गरिरहेको थियो । थ्याङ्क गड ! यहाँ क्यामेरा पनि थियो । ‘क्यामेरामा देखाऊँ ?’ भन्दा उसले त अझै ‘तँ पनि इन्ट्रेस्टेड थिइस, तैँले मसँग आँखा जुधाइस’ भन्यो ।

सायद तपाईंहरू धेरैले भन्नुहोला कि त्यतिबेला किन कम्प्लेन नगरेको ? त्यतिबेलै एक्सन लिनुपर्ने नि ! तर एउटा केटी मान्छेको मनमा के डर हुँदोरहेछ भने, अहिले त मसँग वरिपरि मान्छेहरू हुनुहुन्थ्यो, अब यो मान्छेले अरू बेला मलाई एक्लै भेट्यो भने, यो मान्छेले मलाई बाटोमा ‘इम्ब्यारेस’ गर्यो भनेर, त्यो मान्छेको हातमा पावर आयो भने त त्यसले झन् के गर्ला भन्ने कुरा मेरो माइन्डमा आएको थियो । त्यही भएर मैले त्यतिबेला एक्सन लिइनँ ।
यो भिडियोको कमेन्टमा गएर नेपाल प्रहरीलाई ट्याग गरिदिनुहोला । मलाई यो पनि थाहा छैन कि यो प्रकारको घटनामा के सजाय हुन्छ ? वा के कानुनी कारबाही हुन्छ ? तर मलाई आशा छ कि यो मान्छेको अनुहार तपाईंहरू सबैले हेर्नुहोस्, चिन्नुहोस् । अनि यो मान्छेलाई चाहिँ सकेसम्म, यदि कसैलाई यसको आईडी थाहा छ भने ट्याग गरिदिनुहोला ।
सायद यो विदेशी पनि हुन सक्छ । तर म आशा गर्छु नेपाल प्रहरीले मलाई यो कुरामा सहयोग गर्नुहुनेछ र मेरो मनलाई केही शान्ति मिल्नेछ । धन्यवाद ।’
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस
https://www.facebook.com/reel/1084363737646684














प्रतिक्रिया दिनुहोस्