काठमाडौं, भदौ २० । कैदीबन्दीबीच विवाद भएपछि जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूलाई झापा, झुम्का र वीरगन्ज कारागारमा स्थानान्तरण गरिएको हो।
प्रहरीका अनुसार १९ जनालाई यसअघि नै स्थानान्तरण गर्ने सूची तयार गरिएको थियो। तर, कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन।
पछिल्लो समय कैदीबन्दीबीच नै विवाद उत्पन्न भएपछि स्थानान्तरण गर्न सहज भएको प्रहरीको भनाइ छ।
केही दिनअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए। घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्