नुवाकोट, भदौ २० । नुवाकोटको देवीघाटमा तादी नदीले पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरिएको छ। नेपाली सेनाको टोलीले शनिबार दिउँसोदेखि त्यहाँ बेलिब्रिज जडान थालेको हो।
बिदुर नगरपालिका ५ देवीघाटस्थित तादी नदीमा बेलीब्रिज राख्न सेनाको ५५ जनाको टोली खटिएको नेपाली सेनाले जनाएको छ। बेलिब्रिज ६० मिटर लम्बाई र ५.५ मिटर चौडाइ र ५० टन क्षमताको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएको थियो। त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको हो।
यसका लागि आवश्यक सामग्री नेपाली सेनाले नै जुटाएको र निर्माण पनि उसैले गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्