काठमाडौं, भदौ २० । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिक Luhaitao लाई नेपाली सेना तथा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको हो। उहाँलाई करिब २२५ मिटरभित्र सुरुङबाट उद्धार गरिएको जनाइएको छ।
उद्धारपछि उहाँलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइएकाे छ ।
यसअघि पनि हिजाे उद्धार टोलीले आयोजनाको सुरुङमा फसेका दुई नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो। चिनियाँ नागरिकको उद्धारसँगै बाढीपछि सुरुङभित्र फसेका तीन जनालाई जीवितै उद्धार गर्न उद्धार टोली सफल भएको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले आयोजनाको निर्माणाधीन संरचनामा ठूलो क्षति पुर्याएपछि सुरुङ तथा आसपासका क्षेत्रमा फसेका कामदारको खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ । अझै पनि सुरुङमा धेरै मान्छेहरु फसेकाे आशंका छ ।














प्रतिक्रिया दिनुहोस्