काठमाडौं, भदौ २१ । भीमफेदी हुँदै कोगटे, इपा, देउराली भएर सिस्नेरी निस्कने वैकल्पिक सडकमा भाेलिबाट साना तथा मझौला क्षमताका सवारीसाधन सञ्चालन हुने भएकाे छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीका अनुसार उक्त वैकल्पिक सडक सञ्चालनमा आएपछि भीमफेदी क्षेत्रमा देखिँदै आएको सवारीसाधनको चाप तथा जाम केही हदसम्म सहज हुने अपेक्षा गरिएको छ। उहाँले वैकल्पिक मार्गबाट साना तथा मझौला सवारीसाधन काठमाडौं आवतजावत गर्न सक्ने बताउनुभयाे ।
उहाँले सडक सञ्चालनको तयारीका लागि अहोरात्र खटिनुभएका भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय, भीमफेदी गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरू, प्राविधिक टोलीलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ। “यस कार्यका लागि अहोरात्र खटिनुभएका भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार कार्यालय, भीमफेदी गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, प्राविधिक टोलीलगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दछु,” मन्त्री केसीले भन्नुभएको छ।
वैकल्पिक सडक सञ्चालनमा आएपछि भीमफेदी क्षेत्रमा हुने सवारी जाम कम गर्न तथा काठमाडौं आवतजावत गर्ने यात्रुलाई सहजता प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्