जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:१२

आज राष्ट्रिय शोक, सार्वजनिक बिदा भने होइन


काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ।

भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा रहेको रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट मृत्यु भएकाहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथिको अवसर पारेर सरकारले आज राष्ट्रिय शोक मनाउन लागेको हो।

राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

तर, आज सार्वजनिक बिदा भने दिइएको छैन। सरकारी कार्यालय तथा नियमित सेवाहरू सञ्चालन हुनेछन्।