काठमाडौं, भदौ २३ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्न नसके दुई तिहाइ बहुमत प्राप्त सरकारसमेत स्थिर रहन नसक्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनुभएको छ।
जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री कार्कीले उक्त आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्नुभएको हो।
उहाँले राजनीतिक स्थायित्व संसदीय गणितमा मात्र निर्भर नहुने बताउँदै शासकको चरित्र र कार्यशैलीले त्यसलाई निर्धारण गर्ने धारणा व्यक्त गर्नुभएको छ।
पूर्वप्रधानमन्त्री कार्कीले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
उहाँले भदौ २३ गतेजस्तो अवस्था आगामी दिनमा पुनः दोहोरिन नहुने बताउँदै सुशासन र परिवर्तनका लागि जनता पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्