काठमाडौं, भदौ २३ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले गत भदाै २३ गतेकाे आन्दाेलनका क्रममा युवाहरूले राखेका माग स्वाभाविक भए पनि उनीहरूको माग सुन्न र त्यसबारे बुझाउन नसक्नु राज्यको कमजोरी भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले साे घटनामा षड्यन्त्रको खेल भएकाे उल्लेख गर्नुभएको छ। यद्यपि, माइतीघर जाने निर्दोष युवाहरूलाई त्यसबारे जानकारी नभएको उहाँको भनाइ छ।
उहाँले घटनामा जे भयो, त्यो नेपालको इतिहासले लामो समयसम्म भुल्न नसक्ने टिप्पणी गर्नुभएको छ। ‘माग स्वभाविक थिए, सुन्न र बुझाउन नसक्नु राज्यको भुल थियो, षड्यन्त्रको खेल पक्कै थियो तर माईतिघर जाने निर्षोष युवालाई थाहा थिएन, जे भो ईतिहासले भुल्न नसक्ने भयो’, उहाँकाे भनाइ छ ।
बाँस्कोटाले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानलाई स्मरण गर्नुभएको छ । उहाँको भनाइमा, युवाहरूका जायज मागप्रति राज्य संवेदनशील हुनुपर्ने र संवाद तथा बुझाइमार्फत समस्याको समाधान खोजिनुपर्ने आवश्यकता रहेको देखिन्छ।














प्रतिक्रिया दिनुहोस्