काठमाडौं, २३ भदौ । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाउने प्रयास गर्नुभएकी एक महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा माइतीघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनुभएकी लक्ष्मीदेवी बस्नेतले आफ्नै शरीरमा आगो लगाउने प्रयास गर्नुभएको हो।
उहाँले शरीरमा आगो लगाउने प्रयास गरेलगत्तै प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।














प्रतिक्रिया दिनुहोस्