जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार २०:३०

भोटेकोशी बाढी : मंगलबार साँझसम्म १ हजार ३६४ जनाको शव फेला


काठमाडौं, भदौ २३ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मंगलबार साँझसम्म १ हजार ३६४ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १७३, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १४० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २८० र आफन्तका १ हजार ४१२ गरी कुल २ हजार ६९२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ३१० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार २४५ जनालाई राखिएको प्रहरीले जनाएको छ।