जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १९:४८

सामाजिक एकता कायम गर्न एनआरएनए अमेरिकाको नेतृत्व लिन चाहन्छन सञ्जय थापा


अमेरिका, बैशाख २९

आगामी मे १८ र १९ तारिकमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेद्वार बन्नुभएका सञ्जय थापाले सवै नेपालीको पीडामा पुग्ने एनआरएनए बनाउन आफूले नेतृत्व लिन चाहेको बताउनु भएको छ ।

बिभिन्न राज्यमा आयोजित कार्यक्रमहरुमा चुनावी अभियानमा ब्यस्थ थापाले अमेरिकामा रहेका सवै नेपालीबीच सामाजिक एकता कायम गर्न एनआरएनए अमेरिकाको नेतृत्व लिन चाहेको प्रष्ट पार्नुभएको छ । थापाले पछिल्लो समय बोष्टन र न्यूह्याम्सारमा आयोजित बहश कार्यक्रममा निकै दमदार तर्क राख्नुभएको छ । एनआरएनए अमेरिकामाथि अहिलेसम्म लाग्दै आएको आरोपदेखि आम अमेरिकाबासी नेपालीको साझा चौतारी बनाउने आफ्नो योजना नै उहाँले राख्नुभएको हो ।

यस्तो छ थापाको अठोट

सबैले स्वच्छ निर्वाचनको अनुभुति गरुन भन्ने हामीलाई लागिरहेको छ । निर्वाचनमा उम्मेद्वार दिइरहँदा तपाईहरुले हाम्रो बारेमा मुल्यांकण गर्नुपर्छ । यो मान्छेलाई किन भोट दिने ? भन्ने आफूमा प्रश्न गर्नुपर्छ । र स्वतस्फुर्त रुपले तपाईहरुले भोट दिनुपर्छ । हामी विगतमा यस्तो थियो, भविश्यमा यस्तो गर्छौ भन्ने दावीका साथ हामी आएका छौं । निर्वाचनको दैरानमा अमेरिकाभरी धेरै बहसका कार्यक्रम भए । तर यहाँ बहस भन्दा पनि सौहार्दपुर्ण रुपमा कार्यक्रम गरौं भनेर च्याप्टरले भनेकाले हामी आएको हो । हामी सामाजिक सञ्जालमा एकले अर्कोलाई नहोच्याइ कुरा गर्नै सक्दैनौ । सकेसम्म मन नपरेकोलाई निषेध नै गर्न खोज्छौं ।

अमेरिकामा रहेका नेपालीमा सामाजिक एकता हुनुपर्छ भन्ने मेरो मुख्य एजेण्डा हो । नेपालमा छदाँ हामी फरक जाति, फरक विचारधारा भएका थियौं होला तर अमेरिका आएपछि हामी प्रवासी भयौं । सबै प्रवासीका एउटै समस्यासँग जुधिरहदाँ हामी एक हुनुपर्छ । हामी सामाजिक मान्छे नेपालमा रहदाँ पनि सामाजिक गतिविधिमा धेरै संग्लन्न हुन्छांै । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा नेपालमा पनि जहिल्यै सामाजिक गतिविधिमा संलग्न रहन्थें र अमेरिका आएपछि पनि यहाँको सामाजिक गतिविधिमा सक्रिय छु । न्यूयोर्कमा रहेका ९० प्रतिशत सामाजिक गतिविधिमा मेरो सहभागिता हुन्छ । म भावनात्मक रुपमा पनि सामाजिक गतिविधिमा लागेको मान्छे भएको हुनाले यो एनआएनमा पनि केही परिवर्तन गर्नुपर्छ भनेर मैले अध्यक्षमा उम्मेद्वारी दिएको छु ।

म बिगत दुई बर्षदेखि बोर्ड मेम्बरको रुपमा क्रियाशिल छु । विगतमा एनआरएनमा सदस्य भोटर बनाउने चलन थियो । सदस्यले एक पटक भोट हालिदिने, त्यसपछि त्यसले के गर्यो ? मतलब नगर्ने परिपाटी थियो । एनआरएनका पदाधिकारीले पनि हामीले के के काम गर्यौं भनेर सदस्यहरुलाई भनेनन । भोटको लागि मात्र सदस्य बनाउनु हुँदैन भनेर हामीले निरन्तर कुरा उठाउँदै आयांै । इमेलको आधारमा मात्र सदस्य बन्न नपाइने भन्यौं र आईडी कार्ड पनि खुलाउनु पर्छ भनेर साधरणसभामा पेश गर्यौं, त्यो पास भयो । अब फेक सदस्य नहुने भए । त्यो एउटा हाम्रो सफलता हो । यसमा पनि केही अवरोध भएका छन । यसलाई पनि सच्चएर लानुपर्ने हाम्रो बाध्यता छ ।

धेरै साथीले म एनआरएनको पदाधिकारी भएर धेरै काम गरें भनेर धाकधक्कु लगाउने गर्नुहुन्छ । मैले पनि भन्ने गरेको छु तर पनि हामी संस्थागत विकासमा अझै कमजोर छौं । हिजो एनआरएनका सदस्य पनि आज सदस्य नबनेको अवस्था छ । केही सदस्य बन्छु भन्दा पनि बन्न पाउनु भएको छैन । त्यसैले पहिला हामी संस्थागत विकासमा लाग्नुपर्छ भन्ने उद्देश्यका साथ मैले उम्मेद्वारी दिएको हुँ ।

मैले निर्वाचनबाट जितें भने के के गर्छु भनेर सार्वजानिक घोषणा नै गरेको छु । सल्लाहकार कमिटीलाई सक्रिय बनाएर सबैलाई एकताबद्ध गराउनुपर्छ भन्ने मलाई लागेको छ । नेपाल छाडेर आएको हामी आफ्नो समृद्धिको लागि हो । तर हामी नेपालबाट जस्तो अवस्थामा आएका थियौं, धेरैको अवस्था अझै त्यस्तै छ । यसको वृत्ति विकासको लागि के गर्न सक्छौं भन्ने हाम्रो मुख्य उद्देश्य हो । यो काम म गरेर देखाउने छु । बिश्वास गर्ने सदस्यहरुलाई सामाजिक एकता कायम गरी प्रमाणित गर्नेछु ।