जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ११:१८

भदौ २३–२४ को घटना साम्राज्यवादी शक्तिहरूको आडमा  राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आक्रमण : महेश बस्नेत  


काठमाडौं, भदौ २४ । नेकपा एमालेका सचिव महेश बस्नेतले गएको भदौ २३ र २४ गतेको घटना साम्राज्यवादीहरूको श्रोत र साधन परिचालन गरी गराइएको विध्वंस भएको बताउनुभएको छ । 

उहाँले भदौ २३ र २४ को घटनाका अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताउनुभयो । उहाँले सो घटना निक्कै रहस्यमय भएको बताउनुभएको छ । ‘भदौ २३ र २४ को घटना के थियो त ? त्यो आन्दोलन हो कि, क्रान्ति थियो कि, प्रतिक्रान्ति थियो कि ? के थियो त्यो’, उहाँले भन्नुभयो । 

उहाँले भदौ २३ र २४ को घटनामा जेनजीले सत्ता परिवर्तनको कुरा नउठाएको बताउँदै उहाँले उनीहरूले सुशासनको कुरा उठाएका बताउनुभयो । तर उनीहरूले उठाएको आन्दोलन हाइज्याक भएको बस्नेतको भनाइ छ । ‘सो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत साधनहरू परिचल भएर, त्यहाँ टिओबी परिचालन भयो, त्यहाँ बार्बरा फाउण्डेसन परिचालित भयो, राज्यको सेना र प्रहरी लगायतका निकायहरू मूकदर्शक भए, जानेर नजानेर उनीहरू सहयोगी भए, उहाँले भन्नुभयो । 

नयाँ पुस्तका युवाहरूको छातीमा बम फिट गरेर सामराज्यवादीहरुले मुलुकको खरबौँको सम्पत्ति नष्ट गराइदिएको उहाँले बताउनुभयो । राष्ट्रवादी मानिसलाई अल्गोरिदमले समाप्त पार्ने प्रयास गरेको बस्नेतको भनाइ छ ।

अहिले विद्यार्थीहरू मास एञ्जाइटिकको सिकार भएका बताउँदै उहाँले देशको प्रधानमन्त्री र गृहमन्त्रीले गरेको कुरा हामीले किन गर्न नपाउने भन्दै आक्रामक रूपले प्रस्तुत भएको बताउनुभयो । 

थापाले अहिले देशमा चरम निराशा बढेको बताउनुभयो । घरमा सुत्केरी श्रीमतीलाई खाना पकाउने ग्याँस नपाएर एउटा युवा नदीमा हामफाल्न बाध्य हुनु पर्ने स्थिति आएको भन्दै बस्नेतले चिन्ता व्यक्त गर्नुभएको छ । 

उहाँले भदौ २३ र २४ को घटना मुलुक माथिको आक्रमण भएको दाबी गर्नुभयो । ‘ म निर्धक्कसँग भन्छु भदौ २३ र २४ को घटना मुलुक माथिको आक्रमण हो, साम्राज्यवादी शक्तिहरूको आडमा टिओबी र बार्बरा फाउण्डेसनको लगानी र अल्गोरिदमको प्रयोगमा नेपाली सेना, प्रहरी र राज्यको संयन्त्रको प्रयोगमा राज्यको सामर्थ्य प्रयोग गरेर गरिएको आक्रमण हो, यसको क्षति धेरै लामो समयसम्म नेपालीले बेहोर्नु पर्छ’, उहाँले भन्नुभयो । 

उहाँले भदौ २३ र २४ को घटनाको वातावरण कसले बनाएको भन्दै प्रश्न गर्नुभयो । भदौ २३ गते २७ जनाको मृत्यु बालेन, रविको प्लानमा सुधन गुरुङहरूले गराएका हुन्, त्यसैले यसको दोषी एमाले तिर होइन बालेन, रवि र सुधन तिर खोज्नुभयो भने तपाईँहरूले पाउनु हुने छ’, उहाँले भन्नुभयो । 

उहाँले रवि लामिछानेले जेल तोडेर भागेका कारण धेरै कैदीहरु मारिएका बताउनुभयो । सो आन्दोलनको नाममा ६ जना प्रहरी मारिएका भन्दै उहाँले त्यसका अपराधीलाई कारबाही हुनुपर्ने बताउनुभयो । 

भाटभटेनी चोर्न जानेका परिवारलाई पनि क्षतिपूर्ति दिनु पर्ने बताउँदै उहाँले तर उनीहरूलाई सहिद घोषणा गर्ने कुरामा भने आपत्ति जनाउनुभयो । ‘चोरहरूलाई सहिद घोषणा गर्ने घण्टे सरकार मुर्दावाद’, उहाँले भन्नुभयो । 

उहाँले आन्दोलनका नाममा आफ्नो घर किन जलाइयो भन्ने प्रश्नको जवाफ माग्नुभयो । ‘मैले भक्तपुरको मेरो घर जलाउनु पर्ने के अपराध गरेको थिएँ’, उहाँले भन्नुभयो । 

उहाँले अपराधीहरूको विरुद्ध मुद्दा हालेको भन्दै ती मुद्दा माथिको कारबाही कहाँ पुग्यो भन्दै प्रहरी प्रमुख माथि पनि प्रश्न गर्नुभयो । किटानी जाहेरी दिएका मानिसहरू माथि कारबाही अघि नबढ्नुले सो घटनामा प्रहरीको समेत संलग्नता थियो भन्ने कुरा पुष्टि हुने उहाँले दाबी गर्नुभयो । 

बस्नेतले पहिलो गोली चल्यो त्यस पछि सिंहदरबार जल्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउँदै उहाँले ती सबै घटना एउटै शक्तिले गराएको दाबी गर्नुभयो । ‘गोली चलाउने पनि तिमीहरू हौँ, सिंहदरबार जलाउने पनि तिमीहरू हौ, संसद् भवन जलाउने पनि तिमीहरू हौ, सर्वोच्च अदालत जलाउने पनि तिमीहरू हौ, तिमीहरूको एक एक हिसाब राखेका छौँ’, उहाँले दाबीका साथ भन्नुभयो । 

गत निर्वाचनमा बालेन र रास्वपालाई जिताउन सेनाले प्रत्यक्ष भूमिका खेलेको उहाँले बताउनुभयो । यो सेनाले लोकतन्त्रको लागि गरेको गम्भीर भुल भएको बस्नेतको भनाइ छ । 

अहिले रसुवा बाढीको उद्धार र राहतमा समेत सेना बालेन र सुधनको गुलामा भएको उहाँको धारणा छ । निश्चित मानिसहरूलाई बचाउन र निश्चित मान्छेलाई मार्न बालेन र सुधनसँग मिलेर सेनाले हेलिकप्टर कब्जा गरेको उहाँको आरोप छ । यसकै लागि वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी हुने सर्वदलीय बैठक हुन नदिने काम भएको उहाँको भनाइ छ । ‘सेना माथि गम्भीर प्रश्न छ, राज्यको साधन, शक्ति र श्रोत किन कब्जा गरियो, महाविपत्तिको बेलामा समेत सेनाले राज्यको साधन श्रोत कब्जा गर्यो’, उहाँले भन्नुभयो । 

उहाँले सरकारले पीडितकोमा राहत पुर्‍याउँदैन भनेर नै एमाले आफैँले राहत पीडितकोमा लैजाने घोषणा गरेको बताउनुभयो । संघीय सरकारले कहीँ नगर्ने बताउँदै उहाँले यदि स्थानीय तहले जग्गा उपलब्ध गराउँछ भने एमाले ५ सय अस्थायी आवास निर्माण गरिदिने बस्नेतले बताउनुभयो ।