काठमाडौं, भदाै २४ । प्रतिनिधि सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारको पहिलो धर्म सत्ता जोगाउने नभई नागरिकलाई जोगाउने भएको बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकारले नागरिकलाई बचाउनु पर्ने बताउनुभयो । उहाँले भाेटेकाेशी बाढीमा सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिन माग समेत गर्नुभयो । ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।
थापाले यो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। उहाँले आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गर्न पनि माग गर्नुभयो ।
थापाले सरकारसँग उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाउन माग गर्नुभयो । थापाले सरकार आफ्नो दायित्वबाट पन्छन नहुने बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्