काठमाडौं, भदौ २४ । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरू,प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि (Nancy Automobiles Pvt.Ltd) बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरू, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजारसम्म नगद छुट पाउने छन ।
उक्त सम्झौता पत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लि.का तर्फबाट ऋभलतचब िद्यगकष्लभकक ऋभलतचभ का प्रमुख लेखबहादुर पुनको हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता यही सेप्टेम्बर ७ देखि प्रारम्भ भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरू, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाखभन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्