काठमाडौं, भदौ २५। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको नालायकीपनलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आक्रोश चुलिएको पाइएको छ ।
बैतडीबाट निर्वाचित सांसद हरिमोहन भण्डारीले संसदीय दलका नेता तथा प्रधानमन्त्री शाहको शैलीमाथि खुल्ला चुनौती दिँदै संसदको बैठकमा समितिको सदस्यमा नबस्ने घोषणा गरेपछि पार्टीभित्र चुलिएको आक्रोश उजागर भएको हो ।
सांसद भण्डारीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिएको घोषणा संसद बैठकमै गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले समितिको सदस्यबाट राजीनामा दिने घोषणा भण्डारीले गर्नुभयो ।
अहिले देशमा जनताले खाना पकाउने ग्यास पाउन नसकेको र सरकारले कुनै काम गर्न नसकेको कारण आफूले जनताको पक्षमा आवाज उठाएर यस्तो कदम चाल्नुपरेको भण्डारीको भनाई छ ।
उनले भने, ‘जनता यतिसम्मको सास्ती भोगिरहेका छन्, तर यस्तो अवस्थामा पनि उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ।’














प्रतिक्रिया दिनुहोस्