रामेछाप, भदौ २६ । रामेछापको मन्थली नगरपालिका–१ सुकाजाेर खाेलाकाे भित्तामा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा चालक दोलखाको भीमेश्वर नगरपालिका–३ निवासी ३० वर्षीय प्रदीप लामा घाइते भएका छन् । उनका ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
गाडीमा सवार सोही स्थानका करिब २८ वर्षीय सन्जित तामाङलाई भने दुर्घटनामा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि मन्थली अस्पताल मन्थलीमा ल्याइएकाेमा अस्पतालका चिकित्सकले राति ९ः०३ बजे मृत घोषणा गरेका निरीक्षक राउतले जानकारी दिनुभयाे । मृतक सन्जित तामाङ गाडी चालक प्रदीप लामाका भाइ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्