जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार १०:२७

माछापुच्छ्रे बैंकले शेयरधनीलाई ६ प्रतिशत लाभांश दिने


काठमाडौं, भदौ २७ । माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश बितरणको प्रस्ताव गरेको छ ।

यही भदौ २६ गते शुक्रवार बसेको बैंक सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत (करसहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथबैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।