रसुवा, भदौ २७ । प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितलाई तत्कालै आवश्यक राहत स्वरुप टेन्ट र स्लिपिङ ब्याग हस्तान्तरण गरेको छ ।
रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले थप सहयोग स्वरुप एक सय थान टेन्ट तथा एक सय थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पीडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बैैंकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गर्नुभयो । यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,११,११,१११ (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र)को चेक हस्तान्तरण गरिएको थियो।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक लि. परिवारले हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । साथै सम्पर्कविहिन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।














प्रतिक्रिया दिनुहोस्