काठमाडौं, भदौ २८ । सुनसरीको इटहरीमा आज राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । उहाँ सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीयका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, थापा पनि केही समयअघि राजीनामा दिनुअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार कर्मचारीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरीका प्रमुख डीएसपी सुवास हमालका अनुसार दुर्घटना राति करिब २ बजे भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
तर, उपचारका क्रममा दुवै जनालाई बिहान करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्