जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार १४:१८

पत्रकारकाे कुरा सुनेपछि केपी ओली : याे सरकार त ´छापामार´ सरकारमा पाे परिणत भयाे


काठमाडौं, भदाै २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार लाेकतन्त्र र मिडिया मार्ने छापामार सरकारमा परिणत भएकाे बतनउनु भएकाे छ ।

नेपाल पत्रकार महासंघ काठमाडाैंले बुझाएकाे ध्यानाकर्षण पत्र र समस्या सुनेपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्ताे बताउनु भएकाे हाे ।

याे सरकारले केही त राम्राे गर्ला भन्ने आशा त थिएन तर यति साराे बदमासी गर्ला भन्ने पनि लागेकाे थिएन, याेसरकार त ´छापामार´ सरकारमा पाे परिणत भयाे,´ ओलीले भन्नुभयाे ।

उहाँले प्रेस र लाेकतान्त्रिक पद्दतीमाथि दमन गर्ने सरकारकाे नास हुने बताउनु भयाे । ओलीले भन्नुभयाे, ´प्रेसबिराेधी र दमनकारी शासककाे नास हुन्छ भन्ने कुरा सरकारले बुझाेस ।´