काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।
सभापति थापाद्वारा जारी वक्तव्यमा तीजको सांस्कृतिक महत्व दर्शाउँदै भनिएको छ, “नेपाली महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्दै आएको छ। हाम्रा चाडपर्वले विविधता बीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएका छन्।”
नेपाल विभिन्न धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले हाम्रा चाडपर्वहरूले पुस्तौंदेखि नेपाली सामाजिक जीवन र सांस्कृतिक पहिचानलाई जोड्दै आएको बताउनुभएको छ।
हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धि थपोस् भन्ने कामना गर्दै सभापति थापाले पार्टी र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्