जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०९:०३

कोशीमा जलसतह बढ्यो, २३ वटा ढोका खोलियो


काठमाडौं, भदौ ३० । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि जलसतह खतराको तहमा पुगेको छ। जलसतह खतराको बिन्दुमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।

ब्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान ७ः१५ बजेसम्म सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव अझै तीव्र गतिमा बढिरहेको जनाइएको छ।

जलसतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले कोशी तटीय क्षेत्रमा प्रशासनले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।