मकवानपुर, भदाै ३०। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै मंगलबार इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार दुर्घटनाको समयमा इभीमा चालकसहित आठ जना सवार थिए। उनीहरूमध्ये छ जना पुरुष र दुई जना महिला रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार दुर्घटनास्थलमा प्रहरी तथा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी रहेको छ। दुर्घटना के कारणले भयो भन्नेबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्