काठमाडौं, भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।
विपद्का बेला राजनीतिक दलहरूबीच समन्वय गरी प्रभावकारी व्यवस्थापन गर्न आवश्यक संयन्त्र गठन गर्ने विषयमा शीर्ष नेतृत्वबीच छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्