काठमाडौं, भदाै ३१। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्न लागेकाे हाे।
प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रियसभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यक्रमसमेत रहेको छ ।
सङ्घीय संसद्का दुवै सदनका बैठकमा निर्धारित कार्यसूचीअनुसार विधेयक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्