हेटौँडा, असोज २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसक्नुभएको भए पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैँ मातहतमा राख्नुभएको थियो। मन्त्री आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले समेत नेतृत्व पाएको छ।
बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा प्रदेश सरकार गठन भएको छ। प्रदेश सरकारमा हाल आठ वटा मन्त्रालय रहेका छन्।












प्रतिक्रिया दिनुहोस्