जनता टाइम्स

४ आश्विन २०८३, आईतवार २१:४१

राष्ट्र भनेको भूगोलमात्र होइन, राष्ट्रियताको भावना पनि हो : मुख्यमन्त्री किरण थापा


काठमाडौं, असोज ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले राष्ट्र भनेको भूगोलमात्र नभई राष्ट्रियताको भावना, इतिहासको संरक्षण र गौरवशाली विरासतसँग जोडिएको विषय भएको बताउनुभएको छ ।

मुख्यमन्त्री थापाले सबै जातजाति, धर्म, भाषा र क्षेत्रका नागरिकले राष्ट्रप्रति अपनत्व र गौरव गर्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । “राष्ट्र भनेको भूगोलमात्र होइन, राष्ट्रियताको भावना हो । इतिहासको उचित संरक्षण, हाम्रो मुलुकको गौरवशाली गाथा, वीर-विरङ्गनाहरूको योगदान तथा सबै जातजाति, धर्म, भाषा र क्षेत्रले अपनत्व र गौरव गर्ने अवस्था नरहँदासम्म सकारात्मकता आउँदैन,” उहाँले भन्नुभएको छ ।

मुख्यमन्त्री थापाका अनुसार नागरिकमा राष्ट्रप्रति अपनत्व र गौरवको भावना विकास नभएसम्म मुलुकले नागरिकबाट पाउनुपर्ने अपेक्षित योगदान प्राप्त गर्न सक्दैन । “मुलुकले नागरिकहरूबाट पाउनुपर्ने अपेक्षित योगदान प्राप्त गर्न सक्दैन,” उहाँले भन्नुभएको छ ।

उहाँले विगतका गल्ती तथा कमीकमजोरीको निर्मम समीक्षा गर्दै आवश्यक सुधारसहित अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । “त्यसैले अब निर्मम समीक्षा गर्दै विगतमा भएका गल्ती–कमजोरीहरू सुधार्दै अगाडि बढ्नुको विकल्प छैन,” मुख्यमन्त्री थापाले भन्नुभएको छ ।

उहाँले राष्ट्रिय भावना बलियो बनाउन मुलुकको इतिहास, गौरवशाली गाथा तथा विभिन्न समुदाय र क्षेत्रका योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।