काठमाडौं, असोज ५। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दै छ ।
प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार केन्द्रीय कमिटी बैठक आजबाट तीनदिनसम्म बस्ने छ । बैठक ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्ने गरी तय गरिएको छ ।
बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । २०८२ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक हुन लागेको हो । बैठकमा सबै केन्द्रीय सदस्यले बोल्ने तालिका छ ।
केन्द्रीय कमिटीको बैठकअघि बिहान ९:०० बजे सचिवालयको बैठक बस्नेछ । उक्त बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने छ ।












प्रतिक्रिया दिनुहोस्