जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १०:३८

एमाले सचिवालय बैठक जारी


काठमाडौं, असोज ५ । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारीहरूको सहभागिता रहेको छ।

आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने विषयवस्तु तथा कार्यसूचीलाई अन्तिम रूप दिने छ।

केन्द्रीय कमिटी बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, सांगठनिक गतिविधि तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने तयारी रहेको छ।

सचिवालय बैठकले तयार पारेका एजेन्डाका आधारमा आजदेखि केन्द्रीय कमिटी बैठक सञ्चालन हुने एमालेले जनाएको छ। बैठक बिहान ११ बजे पछि बस्ने छ ।