काठमाडौं, असोज ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लितपुरको झम्सिखेलस्थित रामबाग महलमा पुग्नुभएको छ।
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठकका लागि अध्यक्ष ओलीसहित पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू रामबाग महलमा भेला हुनुभएको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, सांगठनिक गतिविधि तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ।
यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको थियो। बैठकको सुरुमा अध्यक्ष ओलीको मन्तव्य, केही केन्द्रीय सदस्य मनोनीत र अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने कार्यक्रम छ । बैठक तीनदिनसम्म चल्ने छ ।













प्रतिक्रिया दिनुहोस्