जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १३:०६

एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं, असोज ५ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा बैठक सुरु भएकाे हाे।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक अवस्था तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि केही केन्द्रीय सदस्य मनोनीत गर्ने तथा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको थियो। केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुने बताइएको छ।