जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार १९:३९

एमाले केन्द्रीय कमिटी बैठक : उपाध्यक्ष पौडेल र महासचिव पोखरेलद्वारा पार्टीभित्र देखिएका भ्रम तथा संशयलाई निरस्त पार्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड


काठमाडौं, असोज ६ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बस्याे। बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको छ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र देखिएका विभिन्न भ्रम तथा संशयलाई निरस्त पार्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँहरूले देशभर रहेका पार्टीका नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाउनुभएको छ।

बैठकको दोस्रो दिनको प्रारम्भिक सम्बोधनपछि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा, सुझाव तथा विचार राख्ने क्रम सुरु भएको थियो। छलफललाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक केन्द्रीय सदस्यका लागि तीन–तीन मिनेटको समय निर्धारण गरिएको थियो।

बैठकमा विभिन्न क्षेत्र तथा जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूले पार्टीको समसामयिक अवस्था, संगठन निर्माण तथा पार्टीलाई थप एकताबद्ध बनाउने विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको प्रेस नोटमा उल्लेख छ।

दोस्रो दिनको बैठकमा ऐन्द्रसुन्दर नेम्वाङ, अनिल ढकाल, अच्युत मैनाली, डा. अजयक्रान्ति शाक्य, अजयकुमार गुप्ता, अनिलतार ओझा, अमन मास्के, अमर यादव, अशोक ब्याञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी, आरसी लामिछाने, आशा कुमारी विक, आशा रत्न बज्राचार्यलगायतका केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको थियो।

त्यसैगरी बैठकमा किरण गुरुङ, किरण पौडेल, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, कृष्णभक्त पोखरेल, केशव पाण्डे, कोमल ओली, कान्त बलरामकोटी, गोकुल बाँस्कोटा, गौरवबहादुर बोगटी, गोविन्द नेगी, गोविन्द थापालगायतका नेताहरूले पनि आफ्ना धारणा राख्नुभएको थियो।

बैठकमा केन्द्रीय सदस्यहरूबाट धारणा राख्ने क्रम लामो समयसम्म चलेको थियो। दोस्रो दिनको छलफलमा विभिन्न समूह र क्षेत्रको प्रतिनिधित्व गर्ने गरी ठूलो संख्यामा सदस्यहरूले आफ्ना विचार प्रस्तुत गर्नुभएको जनाइएको छ।

प्रेस नोटअनुसार दोस्रो दिनको बैठकमा जगत विश्वकर्मा, जीवन गौतम, जीवन घिमिरे, जुलीकुमार महतो, ज्वाला कुमारी साह, झपट रावल, डा. टीका ढकाल, ठाकुर गैरे, टुका हमाल, डम्बरबहादुर सिंह, डोल्मा तामाङ, तारा सञ्जेल, ताराकान्त चौधरी, तिलकुमार मेहाङ्बो, तुल्सीप्रसाद न्यौपानेलगायतका केन्द्रीय सदस्यहरूले पनि धारणा राख्नुभएको थियो।

त्यस्तै देवका पहारी, देवी ज्ञवाली, देवेन्द्र दाहाल, नरदेवी पुन, नरुलाल चौधरी, नरेश रोकाय, निराज ओझा, निराज रावत, नागीन्द्र शाही, नारायण आचार्य, निता घर्ती, निरुदा पाल, निर्मला पाठक, निशा अधिकारी, पदम गिरी, पद्मा अर्याललगायतका सदस्यहरूले पनि बैठकमा धारणा प्रस्तुत गर्नुभएको थियो।

प्रेस नोटमा उल्लेख भएअनुसार दोस्रो दिनको बैठकमा कुल ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभएको छ। यससँगै केन्द्रीय कमिटी बैठकमा सदस्यहरूबीच विचार तथा सुझाव प्रस्तुत गर्ने क्रमले व्यापकता पाएको देखिन्छ।

बैठकमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको सम्बोधनले पार्टीभित्रका भ्रम तथा संशय हटाउँदै संगठनात्मक एकता मजबुत बनाउने विषयलाई केन्द्रमा राखेको थियो। पार्टीलाई एकताबद्ध बनाएर देशभरका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह पैदा गर्ने विषयलाई नेतृत्वले महत्वपूर्ण मानेको प्रेस नोटमा उल्लेख गरिएको छ।

केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम पूरा नभएकाले बैठकलाई निरन्तरता दिइने भएको छ। प्रेस नोटअनुसार भोलि बिहान ९ बजेदेखि सोही हलमा केन्द्रीय कमिटीको बैठक पुनः बस्नेछ। त्यसपछि बाँकी विषयमा छलफललाई निरन्तरता दिइनेछ।

आजकाे बैठक सोहीअनुसार छलफल जारी राख्ने गरी समापन भएको हो। प्रेस नोट एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गर्नुभएको हो।