जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:५०

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सचिवालय बैठक भोलि


काठमाडौं, असोज ७ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । बैठक बिहान ८ बजेदेखि सुरु हुँदै छ।

केन्द्रीय कमिटी बैठककै बीचमा बस्ने भनिएको पार्टी सचिवालय बैठक भने भोलिका लागि सारिएको छ। आजको केन्द्रीय कमिटी बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

एमालेले भोलि सचिवालय बैठक सम्पन्न गरेपछि केन्द्रीय कमिटी बैठक पनि समापन गर्ने तयारी गरेको छ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि जारी छ।