जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १८:३८

दोलखाका तत्कालिन प्रजिअ रिजाल अख्तियारको नियन्त्रणमा


काठमाडौं, पुष १५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखा जिल्लाका तत्कालिन प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ ।

घुसकाण्डमा मुछिएका रिजाललाई गृह मन्त्रालयले निलम्बनमा राखेको थियो । आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

केही समयअघि मन्त्रालयमा तानेर निलम्बन गरिएका रिजालमाथि भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।