काठमाडौं, असोज ३० । गृहमन्त्री सुधन गुरूङले प्रहरीको बर्दी डर नभई भरोसाको प्रतीक बन्नुपर्ने बताउनु भएको छ ।
शुक्रबार ७१औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।
‘प्रहरीको बर्दी नागरिकमा डर पैदा गर्ने नभई आशा, भरोसा र सुरक्षाको अनुभूति गराउने प्रतीक बन्नुपर्छ,’ गृहमन्त्री गुरुङको भनाई थियो । उहाँले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन दिनुभयो ।
यस्तै गृहमन्त्री गुरूङले भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध शून्य सहनशीलताको नीति अपनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो । पछिल्लो समय मुलुकमा बढदै गएको साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्न आवश्यक रहेको पनि उहाँको भनाई थियो ।
‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध शून्य सहनशीलता अपनाउनुपर्छ,’ गृहमन्त्री गुरुङले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्