जनता टाइम्स

१६ पुष २०७६, बुधबार ११:४७

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी


काठमाडौं, पुष १६

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीजीबीच टेलिफोन वार्ता भएको छ । नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नका लागि उहाहरुबीच साढे १० बजे टेलिफोन सम्वाद गर्नुभएको हो ।

उहाँहरूबीच आपसमा नयॉ बर्ष २०२० को शुभकामना आदान–प्रदान गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक सुर्य थापाले जानकारी दिनुभयो । त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय समकक्षी मोदीजीलाई आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि विश्वास व्यक्त गर्नुभएको थापाले जानकारी दिनुभयो । टेलिफोन सम्बादका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह समेत गर्नुभएको छ ।