जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार ०९:०१

हवाई फायर गरेर सिराहाबाट दुई भारतीय नागरिक पक्राउ, ३०० ग्राम खैरो हेरोइन बरामद


सिराहा, कात्तिक १२ । प्रहरीले सिराहाबाट ३०० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले बिहीबार बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।